राउन्ड रोबिनका आधारमा भएको खेलबाट खेलाडी छनोट गरिएको नेपाल कराते महासंघले जनाएको छ ।
काठमाडौँ — २०औं एसियाली खेलकुदका लागि करातेको खेलाडी छनोट गरिएको छ । आगामी सेप्टेम्बरमा जापानको आइची/नागोयामा हुने एसियाडका लागि मंगलबार राष्ट्रिय कराते टोली छनोट गरिएको छ ।
राउन्ड रोबिनका आधारमा भएको खेलबाट खेलाडी छनोट गरिएको नेपाल कराते महासंघले जनाएको छ ।
पुरुषतर्फ कातामा सोनिम मानन्धर (व्यक्तिगत), कुमितेमा राकेश मानन्धर (५५ केजी), मीनबहादुर तामाङ (६० केजी) र तेन्जिङ शेर्पा (८४ केजीमाथि) छनोट भएका छन् ।
महिलातर्फ कातामा सानुमाया थिङ (व्यक्तिगत), कुमितेतर्फ पुष्पका लामा (५० केजी), निरुपा डोङ तामाङ (६८ केजी), एरिका गुरुङ (६८ केजीमाथि) छनोट भए । महिला टिम कातामा एलिशा रास्कोटी मगर र मेघा लिम्बू छनोट भएका छन् । मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ र काता प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ रहेका छन् ।
चीनको हाङचाउमा भएको १९ औं एसियाडमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाडमा करातेले जितेको त्यो पहिलो रजत पदक थियो ।
