२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

कान्तिपुर संवाददाता

पोखरा — नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा पुगेका छन् । पोखरा रंगशालामा बुधबार साविक विजेता पुलिसलाई हराउँदै विभागीय डर्बीमा आर्मीले बाजी मार्‍यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो ।

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

सेमिफाइनलमा आर्मीले ३–१ को सेटमा पुलिसलाई पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट भने २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो र चौंथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात पार्दै आर्मीले उपाधि दाबेदारको यात्रा तय गर्‍यो ।

घरेलु मैदानमा खचाखच दर्शक र प्रशंसकको उपस्थितिका बावजुद गण्डकी फाइनलबाट बञ्चित हुन पुग्यो । विभागीय टिम एपीएफसँग गण्डकीले तीनवटै सेट गुमायो ।

एपीएफले २५–२१ ले पहिलो सेट ल्याउँदा दोस्रो सेटको जित भने कठिनपूर्ण बन्यो । प्रतिस्पर्धात्मक दोस्रो सेट २७–२५ ले गण्डकीलाई पराजित गर्‍यो । तेस्रो सेटमा गण्डकीको खेल खस्किँदा एपीएफले २५–१२ मै समेट्यो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बिहीबार पुरुष भलिबलको फाइनलमा विभागीय डर्बीमा प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानका लागि पुलिस र गण्डकी भिड्ने छन् ।

प्रकाशित : कार्तिक २, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?