१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आर्मी टिम नवौं राष्ट्रिय रनिङ सिल्ड उचाल्दै

ध्रुव तुलाधर

पोखरा — नवौं राष्ट्रिय खेलकुदमा पोखरा रंगशालामा अहिले फुटबल प्रतियोगिताको फाइनल चलिरहेको छ ।

आर्मी टिम नवौं राष्ट्रिय रनिङ सिल्ड उचाल्दै

फाइनलमा स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतिस्पर्धामा छन् । दुवैले निर्धारित समयमा गोलरहित बराबरी खेलेका छन् ।

फुटबलको कांस्य पदक पुलिस क्लबले जितेको छ । पुलिसले तेस्रो स्थानको खेलमा प्रदेश १ टिमलाई ७–० ले हराएर कांस्य पदक जितेको थियो ।

नवौं राष्ट्रिय खेलकुदमा अहिलेसम्म नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जित्दै टिम च्याम्पियनसिपको ट्रफी उचाल्ने भएको छ । फुटबल फाइनल अघिसम्म आर्मीले १७२ स्वर्णसहित ३ सय ७० पदक जितेको छ ।

पहिलोपटक राष्ट्रिय खेलकुदका लागि चाँदीको ट्रफी बनाइएको छ । उक्त ट्रफीलाई सात प्रदेश, विभागीय टिमको मुख्यालयसहित विश्व सम्पदामा सूचीकृत भएका स्वयम्भू, जनकपुरधाम, बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायर, चन्द्रागिरिमामा पुर्‍याइएको थियो ।

नवौं राष्ट्रिय खेलकुदको पदक तालिका

फुटबलको फाइनल हुनुअघिसम्म राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको पदक तालिका ।

प्रकाशित : कार्तिक ३, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?