टेक्निकल डाइरेक्टरका रूपमा नेपालमा वार्षिक करिब १ करोड २० लाख रुपैयाँ (९९ हजार ९ सय ९६ अमेरिकी डलर) तलब थापेर पनि आयकर छलीका आरोपित अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
घरेलु महिला फुटबलमा पहिलोपल्ट टिम बनाउने श्रेय एपीएफलाई जान्छ । नेपालले पहिलोपल्ट एएफसी वुमेन्स च्याम्पियनसिप सन् २००४ (२०६१ साल) मा खेलेको थियो । जमुना गुरुङ, अनु लामा, भगवती थापालगायत चीनमा खेलेको त्यही टिमका अधिकांश खेलाडीलाई आबद्ध गर्दै एपीएफले २०६२ सालमा महिला टिम बनायो । अर्को वर्षदेखि प्रतियोगिता खेलेसँगै त्यो टिमले मैदानमा प्रभाव देखाउन थालेको हो । खेलेका प्रायः सबै प्रतियोगिताको ट्रफी एपीएफले प्रतिस्पर्धीलाई उठाउन दिएन ।
स्टार स्ट्राइकर सावित्रा भण्डारीलाई चोटका कारण गुमाएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शतप्रतिशत जित कायम राख्दै बुधबार विराटनगर महानगरपालिकालाई १–० ले हराएर महिला राष्ट्रिय लिग फुटबलको उपाधि जोगाएको खुसीयाली मनाएको छ ।
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दुई खेल बाँकी छँदै महिला राष्ट्रिय लिग फुटबलको उपाधि रक्षा गरेको छ । दोस्रो स्थानमा रहेको आर्मी बुधबारको पहिलो खेलमा १–१ मा रोकिएपछि एपीएफ दुई खेलअगावै च्याम्पियन भएको हो ।
महिला राष्ट्रिय लिगमा पुलिसविरुद्ध खेल्ने क्रममा घाइते भएकी एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीको दायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । सोमबार घाइते भएकी उनको एमआरआई रिपोर्ट मंगलबार आएपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएका हुन् ।
अघिल्ला ९ खेलमा सात ह्याट्रिकसहित ४३ गोल गरेकी ‘गोल मेसिन’ सावित्रा भण्डारी दायाँ घुँडामा चोट बोक्दै दोस्रो हाफमा खेल त्याग्न बाध्य भइन् । तर उनको स्थानमा मैदानमा प्रवेश गरेकी रविना गोलेले निर्णायक गोल गरेपछि एपीएफ ‘विभागीय डर्बी’ मा पुलिसको कठिन चुनौती २–१ ले पन्छाउँदै सोमबार महिला राष्ट्रिय लिग फुटबलमा उपाधि रक्षाको नजिक पुगेको छ ।
‘ब्वाइज कट हेयर स्टाइल’ की सावित्रा भण्डारीले तीव्र गतिमा बल अघि बढाउँदा दर्शक ‘साम्बा साम्बा’ भन्दै हुटिङ गरिरहन्छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबको हरेक खेलमा साम्बाको गति र दर्शकको हुटिङ रोकिएको छैन । रोकिने कुनै संकेत पनि देखिँदैन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला खेलाडीलाई पनि पुरुष समान तलब घोषणा गरिसकेको छ । फेरिएको संरचनामा भइरहेको राष्ट्रिय महिला लिगको प्रशिक्षकमा भने पुरुषकै वर्चस्व छ । लिगका सातमध्ये ६ टिम पुरुष प्रशिक्षकले सम्हालेका छन् । महिला लिगको मुख्य प्रशिक्षक बन्ने एक्लो महिला बनेकी छन् एपीएफकी भगवती थापा ।
कोरोना भाइरसको महामारीले विश्व फुटबललाई अस्तव्यस्त बनाइरहेको बेलामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा घरेलु मैदानका तीनै खेल दर्शकसहित सञ्चालन गर्ने भएको छ । उक्त छनोटका तीन खेलको टिकट बिक्रीबाट १ करोड १० लाख रुपैयाँ आम्दानी गर्ने एन्फाले आर्थिक वर्ष २०७७–७८ को बजेटमा उल्लेख गरेको छ ।