१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जयरानीको दबदबा : जितिन् चार स्वर्ण

ध्रुव तुलाधर

पोखरा — नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन् । उनले बिहीबार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन् ।

जयरानीको दबदबा : जितिन् चार स्वर्ण

पोखरा रंगशालामा महिला रिलेमा जयरानीसहित रमिता थारू, सरस्वती चौधरी र निर्मला थापासम्मलित आर्मीले ४९.६० सेकेन्डबाट स्वर्ण जितेको हो । आठौं राष्ट्रियमा पनि आर्मीले नै स्वर्णमा कब्जा जमाएको थियो ।

जयरानीले यसअघि ३ स्वर्ण जितिसकेकी छन् । २१ वर्षीया धाविकाले आफूले खेलेका सबै इभेन्टमा स्वर्ण जितेका हुन् । उनले ४०० मिटर हर्डल्स, १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितेकी जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण थिएकी थिइन् ।

बिहीबार रिलेमा गण्डकी प्रदेशले ५२.७५ सेकेन्डबाट रजत जितेको हो । घरेलु टिममा मनीषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन र निशा घर्तीले प्रतिस्पर्धा गरेका थिए । वाग्मतीलाई कांस्य दिलाउदा जुनी दुलाल, स्वागता खाइजु, प्रकृति सुवाल र लुजला अमात्य टिममा थिए । वाग्मतीले ५२.७६ सेकेन्डबाट कास्य जितेको हो ।

पुरुषतर्फ नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामीसम्मलित एपीएफले ४२.४४ सेकेन्डबाट स्वर्ण जितेको छ । एपीएफले यसपालि आर्मीलाई पछाडि पार्‍यो । आठौं राष्ट्रियमा आर्मीले स्वर्ण जितेको हो ।

पोखरामा आर्मीका जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली भण्डारीको आर्मी टिमले ४२.६० सेकेन्डबाट रजतमा चित्त बुझायो । सिमोन पाण्डे, सुजल डॉगी, रोशन थारु र तुलसीराम थारुको लुम्बिनी प्रदेशले ४४.३८ सेकेन्डबाट कांस्य जित्यो ।

प्रकाशित : कार्तिक २, २०७९ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?