आर्मीलाई महिला बास्केटबल 

सम्झना रसाइली

तनहुँ — त्रिभुवन आर्मी क्लबले महिला बास्केटबलमा स्वर्ण जितेको छ । तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा सञ्चालित महिला बास्केटबल प्रतियोगितामा आर्मीले बुधबार भएको फाइनलमा वाग्मती प्रदेशलाई पराजित गर्दै उपाधि जितेको हो । 

आर्मीलाई महिला बास्केटबल 

आर्मीले वाग्मतीलाई ४५–३० अंकले पराजित गर्‍यो । आर्मीले पहिलो क्वार्टरमा १०–८, दोस्रो क्वार्टरमा १४–७, तेस्रो क्वार्टरमा ८–१२ र चौथो क्वार्टरमा १३–३ अंक प्राप्त गरेको थियो । आर्मीको जितमा प्रतीक्षा मगरले ११ र वाग्मतीबाट अतिशा मल्ल ठकुरीले ८ अंक जोडेकी थिइन् ।

सुदूरपश्चिमलाई पराजित गर्दै गण्डकी तेस्रो भएको छ । गण्डकीले सुदूरपश्चिमलाई ४६–२४ अंकले पराजित गर्‍यो । गण्डकीले पहिलो क्वार्टरमा १६–९, दोस्रो क्वार्टरमा १०–४, तेस्रो क्वार्टरमा १२–७ र चौथो क्वार्टरमा ८–४ अंकको अग्रतासहित विजय हात पारेको हो । गण्डकीबाट सीमा गर्बुजाले १९ अंक जोडिन् ।

थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल एपीएफ क्लब पहिलो भएको छ । एपीएफले आर्मीलाई ८–५ अंकले पराजित गर्‍यो । एपीएफबाट आकृति श्रेष्ठले ३ स्कोर गरिन् । गण्डकीले वाग्मतीलाई ११–७ स्कोरले पराजित गर्दै तेस्रो स्थान हात पार्‍यो ।

प्रकाशित : कार्तिक ३, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?