कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय खेलकुदका झलक

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा मंगलबार पुरुष भलिबल, पौडी, म्याराथन, लङजम्पलगायत खेल भएका छन् । पुरुष भलिबलको सेमिफाइनलमा तीन विभागीय टिम र गण्डकी प्रदेश प्रवेश गरेका छन् । मंगलबार नै आर्मीकी १६ वर्षीया स्विमर डुआना लामाले तीन स्वर्ण हात पार्दै सर्वाधिक ९ स्वर्ण पदकसहित १० पदक जितेकी छन् । शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन आर्मीले सब्स्टिच्युट सुदिल राईको गोलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराएर नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा स्थान बनाएको छ ।महिला म्याराथनको स्वर्ण एपीएफकी धाविका विन्द्रा धन्के श्रेष्ठ देसारले जितेकी छन् । उनले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । उनको यो स्वर्ण म्याराथनमा पहिलो स्वर्ण हो । आर्मीकी कमलबहादुर अधिकारी र कमला श्रेष्ठले राष्ट्रिय खेलकुदमा भारोत्तोलनमा लगातार तीनपल्ट स्वर्ण पदक जित्दै सोमबार ह्याट्रिक गरेका छन् ।

प्रकाशित : कार्तिक १, २०७९ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्