कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बकर इदको उल्लास

रूपा गहतराज, तस्बिर : मनोज पौडेल, तस्बिर : सन्जोग मानन्धर

बाँके, कपिलवस्तु,काठमाडौं — इस्लाम धर्मावलम्वीको दोस्रो ठूलो चार्ड बकर इद बिहीबार धुमधामले मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैका मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरेका छन् । बकर इदका अवसरमा ससाना बालबालिकादेखि बुढपाकासम्मले खुसी साटासाट गरेका छन् ।

यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । बकर इदको अवसरमा आज सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । नेपालगन्जको बीपी चोक, कपिलवस्तुको तौलिहवा र काठमाडौंको टुँडिखेलमा बकर इद मनाइँदाका तस्बिरहरु :


प्रकाशित : असार १४, २०८० १०:३४
प्रतिक्रिया
पठाउनुहोस्