कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

पुष्पलाल स्मृति ब्याडमिन्टन : प्रफुल र नङसल विजयी

काठमाडौँ — ललितपुरका प्रफुल महर्जन र भोजपुरकी नङसलदेवी तामाङ मंगलबार १३ औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा विजयी भएका छन् ।

पुष्पलाल स्मृति ब्याडमिन्टन : प्रफुल र नङसल विजयी

पुरुष एकलतर्फ प्रफुलले एपीएफका देवराज रानालाई २१–१३, १३–२१, २१–१३ ले र महिला एकलमा नङसलले एपीएफकी शोभा गौचनलाई २१–१६, २०–२२, २१–११ ले हराए ।

एपीएफका प्रिन्स दाहालले एपीएफकै बिजित थापा मगरलाई २१–११, २१–११ ले, पुलिसका सुनील जोशीले जीवन आचार्यलाई २१–१३, २१–१७ र बिष्णु कटुवालले दीपक बोहरालाई २१–१९, २१–१६ ले पराजित गरे ।

महिलातर्फ ललितपुरकी रसिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६, २१–३ ले, आर्मीकी अनुमाया राईले मोरङकी सीमा राजवंशीलाई २१–१८, २१–१६ र पुलिसकी नीता लम्सालले आर्मीकी अमिता गिरीलाई २१–१४, २१–१७ ले पराजित गरे ।

प्रकाशित : फाल्गुन १५, २०८० २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×