कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गरौं : महामन्त्री थापा 

कान्तिपुर संवाददाता

ललितपुर — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै उच्च तलब दिने रोजगारी सिर्जना गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन् । 

देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गरौं : महामन्त्री थापा 

नेपाल इञ्जिनियर्स एसोसियसन, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजना र के एण्ड ए इञ्जिनियरिङ कन्सल्टिङको समन्वयमा आयोजित ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषयक अन्तरक्रियामा बोल्दै थापाले धेरै तलब दिने रोजगारीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरु रोजगारी आफैं सिर्जना गर्ने थापाको भनाइ थियो ।

उनले नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा के एण्ड के इन्जिनियरिङका अध्यक्ष पूर्ण खरेलले नेपालमा इञ्जिनियरहरुको प्रशस्तै सम्भावना रहेको बताए । उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको ३ वर्षमा ६ सय इञ्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए ।

नेपाल इन्जिनियर्स एसोसिएनका महासचिव रविभूषण झाले विदेशको काम ल्याएर नेपालमा रोजगारी दिइरहेका कम्पनीहरुलाई सरकारले सहुलियत दिनुपर्ने बताए ।

कार्यक्रममा अन्य वक्ताहरुले नेपालको इञ्जिनियरिङ शिक्षा विश्वस्तरको रहेको भन्दै नेपाली विद्यार्थीलाई बाहिर जानबाट रोक्न सरोकारवालाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रकाशित : फाल्गुन १५, २०८० २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×