कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सिंहदरबारतर्फ मिटरब्याजपीडितको मार्च [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — मिटरब्याजी साहुबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २५ दिनदेखि पैदल मार्च गर्दै काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरुले शुक्रबार थानकोट-सिंहदरबार पैदल मार्च गरेका छन् । प्ले-कार्ड र नाराबाजीसहित पैदलमार्च गरेर सिंहदरबारतर्फ लम्किरहेका उनीहरुलाई प्रदर्शनीमार्गस्थित पर्यटन बोर्ड नजिकै प्रहरीले रोकेको छ ।

मार्चमा प्रहरीले अवरोध पुर्‍याएपछि उनीहरु सडकमै बसेर प्रदर्शनमा उत्रिएका छन् । कोही भुँइमै सुतेका छन् भने कोही न्याय पाउनुपर्ने भन्दै रोइरहेका छन् । उनीहरुले सरकारले आफूहरुलाई न्याय दिनुपर्ने भन्दै नाराबाजी समेत गरिरहेका छन् । उनीहरुले गत माघ १६ गते पूर्व र पश्चिमबाट एकैसाथ पैदलमार्च थालेका थिए । 


प्रकाशित : फाल्गुन ११, २०८० १५:४६
प्रतिक्रिया
पठाउनुहोस्