कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

उल्लासमय मगर एकता दिवस [तस्बिरहरु]

माधव अर्याल

पाल्पा — देशभरका मगर समुदायले ४२ औं मगर एकता दिवस उल्लासमय ढंगले मनाएका छन् । पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकाले स्थानीय बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गरेका थिए । माथागढी, निस्दी, बगनासकाली, रिब्दीकोट लगायतका गाउँपालिकाले मगर एकता दिवस मनाउन बजेट नै विनियोजन गरे ।

नेपाल मगर संघकी जिल्ला अध्यक्ष शान्ति झेडी मगरले ४२ औं मगर एकता दिवस गाउँ, टोल, समुदायसम्म खुसीयालीका साथ मनाइएको बताइन् । उनका अनुसार २०३९ फागनु १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लांघाली परिवार संघको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा हरेक वर्ष फागुन १५ गते मगर संघ र सम्बन्धित संघ संस्थाले एकता दिवसका रुपमा मनाउने गर्छन् । मगर संघका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिए पनि मगर संघले २०३९ साल फागुन १५ लाई नै संघको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार 4 सय ९८ रहेको छ । यो कुल जनसंख्याको ६ दशमलव ९ प्रतिशत हुन आउँछ । यो दिवसका दिनमा मगर समुदायमा विभिन्न परिकारका खाना खाने, नाचगान गर्ने, रमाउने गरेर मगर एकता दिवस मनाएका हुन् । मगरी परिकार बटुक, चुकाउने, अचार, सेलरोटी, नाम्या, बंगुर, कुखुराका परिकार खाएर रमाइलो गरेका छन् ।


प्रकाशित : फाल्गुन १५, २०८० २२:१७
प्रतिक्रिया
पठाउनुहोस्