कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

वीरेन्द्रनगरमा कर्णाली एक्स्पो सुरु

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो कर्णाली एक्स्पो–२०८० सुरु भएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मंगलबार महोत्सव उद्घाटन गरे ।

वीरेन्द्रनगरमा कर्णाली एक्स्पो सुरु

कर्णालीको आर्थिक समृद्धिको अभियानमा टेवा पुर्‍याउने उद्देश्यले एक्स्पो सञ्चालन गरिएको मूल आयोजक समितिका प्रवत्ता एवं प्रचारप्रसार संयोजक सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारील बताए ।

महोत्सवमा करिब ४ सयदेखि ५ सय वटासम्म स्टल राखिएको आयोजकले जनाएको छ । करिब ५ लाखले एक्स्पो अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रकाशित : फाल्गुन १५, २०८० १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×