कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

गेटवे र पिस प्वाइन्ट फाइनल भिड्ने

काठमाडौँ — गेटवे एकेडेमी र आयोजक पिस प्वाइन्ट छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् ।

गेटवे र पिस प्वाइन्ट फाइनल भिड्ने

सानो गौचरण मैदानमा मंगलबार पहिलो सेमिफाइनलमा गेटवेले एकलव्यलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेले । गेटवेका लक्ष्मण उप्रेती म्यान अफ द म्याच भए ।

उपाधिमा दोहोरो ह्याट्रिक गर्ने अभियानमा रहेको पिस प्वाइन्टले अर्को सेमिफाइनलमा मनकामनालाई ३–१ ले हरायो । पााचै संस्करण जितेको पिस प्वाइन्टका लागि राहुल लामाले २ र पवन बुढाथोकीले १ गोल गरे । मनकामनाका मानव लामाले १ गोल फर्काए । पिस प्वाइन्टका नितेश मोक्तान म्यान अफ द म्याच चुनिए । फाइनल बुधबार हुनेछ । तेस्रो स्थानको खेल हुनेछ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।


प्रकाशित : फाल्गुन १५, २०८० १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×