कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

सुजन र सुस्मितालाई टेबलटेनिसको स्वर्ण

काठमाडौँ — गोल्डेनगेट कलेजका सुजन गडालले आठौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगितामा कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् ।

सुजन र सुस्मितालाई टेबलटेनिसको स्वर्ण

फाइनलमा सुजनले विट्स एकेडेमीका प्रवेश बस्नेतलाई ११–६, १०–१२, ११–२, ११–२, ११–८ को सेटमा पराजित गरे । बाल्मिकि क्याम्पसका गनञ्जय दाहाल र भक्तपुर बहुमुखी क्याम्पसका राजोजमान थकु संयुक्त रुपमा तेस्रो भए ।

उक्त स्पर्धाको महिलामा प्राइम ग्लोबलकी सुस्मिता खड्का पहिलो भएकी थिइन् । रेड टायल्स प्रालिद्वारा आयोजित तीनदिने प्रतियोगिताको स्कुलतर्फ ८ तथा कलेजमा २ गरी १० स्पर्धामा करिब २ सय ६० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित : फाल्गुन १५, २०८० २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×