कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

छैटौं बुटवल ओपन टेनिस सुरु, निहालजंग र विकास विजयी

दीपेन्द्र बडुवाल

बुटवल — बुटवलमा मंगलबार छैटौं राष्ट्रिय बुटवल ओपन तथा दोस्रो मेयर कप टेनिस प्रतियोगिता सुरु भएको छ । पुरुष खुलातर्फ काठमाडौंका निहालजंग थापाले रूपन्देहीका विकास खड्कालाई ६–४, ६–२ ले र काठमाडौंका युगेन शेर्पाले निर्मल मगरलाई ६–४, ६–४ को सेटले पराजित गरे ।

३५ वर्षमाथि उमेर समूहमा विकास पाण्डेले टीका घिमिरेलाई ६–२, ६–३ ले, नविन श्रेष्ठले निश्चल थापालाई ६–०, ६–१, विकास गुरुङले प्रकाश बस्नेतलाई ६–०, ६–३ ले र राजन पौडेलले विश्वास थापाले ६–१, ६–२ को सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनाए ।

पुरुष एकलको ४५ वर्षतर्फ रोहित सुनुवारले छ्वान लामालाई ६–१, ६–१, रामु बिकले तेज लीलाई ६–४, ६–३, किम जिम मानले विष्णु चापागाईंलाई ६–०, ६–२, कमल भण्डारीले विकास गुरुङलाई ६–१, ६–३, माधव भण्डारीले विष्णुबहादुर थापालाई ६–१, ६–०, अर्जुन गुरुङले मनोज ढुंगानालाई ६–०, ६–२, शरण गुरुङले मनोज नेपाललाई ६–३, ६–० र गोपी भट्टराईले केबी तामाङलाई ६–०, ६–१ को सेटमा हराएर क्वाटरफाइनल तय गरेका छन् ।

५५ वर्षभन्दा माथि पुरुष एकलतर्फ चन्द्रा शाहीले शिव सेढाईंले ६–१, ६–१ र विष्णु हमालले नरेन्द्र सिहलाई ६–१, ६–१ को सेटमा हराए ।

खुला डबल्सतर्फ प्रदीप खड्का र निहालजंगको जोडीले प्रणव खनाल र प्रनव मानन्धरको जोडीलाई ६–४, ७–६, संयमविक्रम शाह र आर्यन गिरीको जोडीले निर्मल मगर र विवेक गर्बुजाको जोडीलाई ६–०, ६–०, रितिक राना र ईशान श्रेष्ठको जोडीले उगेन शेर्पा र विष्णु नेपालीको जोडीलाई ६–२, ६–२ को सेटमा हराएर सेमिफाइनलमा पुगे ।

३५ वर्षमाथि डबल्समा राज गुरुङ र केबी तामाङको जोडीले सब्बर मिया र गोपाल ज्ञवालीको जोडीलाई २–६, ६–१, १०–४, चोमबहादुर शाह र सन्दुप के लामाको जोडीले सागर थापा र बिकास पाण्डेको जोडीलाई ६–१, ६–१ को सेट, रिश्चल थापा र अभिषेक पाठकको जोडीले टिका घिमिरे र प्रकाश बस्नेतको जोडीलाई ६–२, ५–७, १०–५ को सेटमा पराजित गर्दै क्याटरफाईनलमा प्रवेश गरेको टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए । फागुन १५ देखि १९ सम्म चल्ने प्रतियोगितामा ११ विधामा एक सय खेलाडीहरुले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए ।

प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकामा प्रमुख खेलराज पाण्ड्येले पछिल्लो समय बुटवल लन टेनिसको हब बन्दैं गएकाले अन्तराष्ट्रिय प्रतियोगिता गर्न आवश्यक थप दुइटा कोर्ट निर्माणका लागि पहल गर्ने र प्रतियोगिताका लागि बजेट अभाव भएमा थप उपलब्ध गराउने आश्वासन उनले दिए ।

रूपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले प्रतियोगितामा काठमाडौं, पोखरा, रूपन्देही तथा दक्षिण कोरियाका दुई खेलाडी सहभागी छन् ।

रूपन्देहीका २१ खेलाडीले भाग लिइरहेका छन् । प्रतियोगिता संयोजक सागर थापाले काठमाडौं बाहिर पोखरापछि बुटवलमा राष्ट्रिय स्तरको प्रतियोगिता हुँदैं आएको बताए । यहाँका खेलाडीले आफ्नै खर्चमा २०७५ सालबाट बुटवल ओपन सुरु गरेका थिए । दुई वर्षयता बुटवल उपमहानगरले प्रतियोगिताका लागि बजेट विनियोजन गरिरहेको छ । गत वर्ष चार लाख रुपैयाँ उपलब्ध गराएको थियो । यसपटक उपमहानगरले प्रतियोगिताका लागि ८ लाख रुपैयाँ विनियोजन गरेको थापाले बताए ।

प्रकाशित : फाल्गुन १५, २०८० २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×