कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ — आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन भारत गएकी परराष्ट्र सचिव सेवा लम्साल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

पुनेमा बिहीबारबाट सुरुआत हुने डाइलगमा भाग लिने क्रममा नयाँ दिल्लीमा सचिव लम्सालले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी हुन् । उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा भइरहेको प्रगतिबारे परराष्ट्र सचिव लम्सालबाट सुन्न पाउँदा आफूलाई खुसी लागेको विदेशमन्त्री जयंशकरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भारतको पुने हुने डाइलगको उद्घाटन सत्र बिहीबार हुँदैछ ।


प्रकाशित : फाल्गुन १५, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×