कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

मुगुमा हिमपात र बर्षा 

राजबहादुर शाही

मुगु — जिल्लाको उच्च लेकाली क्षेत्रमा हिमपात र बेंसीतिर बर्षा भएको छ । मंगलबार हिउँसोदेखि रारा, मुर्मा, घट्टलेख, खमाले, घुच्चीडाब, मुगु, डोल्फू, छायाँनाथ क्षेत्रलगायत स्थानमा हिमपात भएको र कार्कीबाडा, तलितुम, रुघा, रोवा, बाम, सोरुकोट लगायत ठूलो बर्षा भएको छ ।

मुगुमा हिमपात र बर्षा 

लेकतिर हिउँ आएको बेंसी गाउँतिर बर्षा भइरहेको छायाँनाथ रारा नगरपालिका–७ की लक्ष्मी बमले बताइन् । बर्षा र हिमपात भएपछि चिसो बढेको उनको भनाइ छ उनले भनिन्, 'खेतीपातीको लागि राम्रो भएको भयो ।'

मुगु र जुम्लाको सिमाना घुच्चीडाब क्षेत्रमा हिमपात भएपछि केही दिनअघि खुलाइएको गमगढी नाग्मा सडक फेरि अवरुद्ध हुने भएको छ ।

रारा क्षेत्रमा यो वर्षकै तेस्रो पटक हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । फागुनको हिमपात र बर्षाले किसानलाई राहत भएको छ ।


प्रकाशित : फाल्गुन १५, २०८० २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×