कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

काठमाडौँ — वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ देखि हुने भएको छ ।

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले पुरुषमा ७ र महिलामा ६ तौल समूहमा प्रतिस्पर्धा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए । तीन विभागीय टोली पुलिस, आर्मी र एपीएफसहित सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ ।

प्रत्येक स्पर्धाका पहिलोले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले दुई जनाले समान साढे ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रतियोगिता आयोजना गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० लाख सहयोग गर्नेछ । पाँच दिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा खेलाइने छ ।

बक्सिङ महासंघका अध्यक्ष राम अवालेले प्रतियोगितालाई सफल पार्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । सोही अवसरमा कमिटीकै आयोजनामा चौथो वीर गणेशमान सिंह १० किमि दौड वैशाख १५ मा हुने जानकारी गराइएको थियो ।

प्रकाशित : फाल्गुन १५, २०८० २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×