कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

इम्पेरियल वर्ल्ड स्कुलमा 'कला र साहित्य महोत्सव'

काठमाडौँ — काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौं साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् ।

इम्पेरियल वर्ल्ड स्कुलमा 'कला र साहित्य महोत्सव'

साथै विद्यालयका बालबालिकाहरूले लेखेका नेपाली भाषाको कथासंग्रह 'परिवर्तनका आभाहरू' नामक पुस्तक र अङ्ग्रेजी भाषामा लेखिएको 'आई विल टेल यु अ स्टोरी' पुस्तक विमोचन पनि गरिएको छ । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो अभिनय र गायन यात्राका सुरुवातका दिनहरूको स्मरण गर्दै बालबालिकालाई स्कुल पढ्दादेखि नै साहित्य, कलामा सिक्ने अवसर पाएको भन्दै सुवर्ण अवसरको सदुपयोग गर्न आग्रह गरे ।

उनले यस्तो महत्त्वपूर्ण महोत्सवले इम्पेरियल वर्ल्ड स्कुलका विद्यार्थीलाई सानै उमेरदेखि नाटक, कथा, कविता लेखन, चित्रकला र नाटकमा अभिनय गर्न प्रेरित गर्ने बताए । स्कुलका संस्थापक अध्यक्ष कुमार कार्कीले 'आजका विद्यार्थी भोलि देशका कर्णधार हुन्' भन्ने नारालाई साकार पार्न विद्यार्थीको सिर्जना तथा सीपयुक्त क्षमतालाई प्रस्फुटन गराउनका लागि विद्यार्थीहरूका रचनालाई पुस्तकका रूपमा प्रकाशित र लोकार्पण गरिएको बताए ।

त्यसैगरी स्कुलका प्रधानाध्यापक जुनीता शाही कार्कीले विद्यार्थीहरूलाई नेपाली/अङ्ग्रेजी दुवै भाषामा कथा, गीत, कविता लेखन, नाटकमा अभिनय तथा चित्र बनाउने कलाको विकासमा निखारता ल्याउन सहज होस भन्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको बताइन । उनले यस विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउन सहयोग होस् भनेर हरेक वर्ष काठमाडौं साहित्य महोत्सवको आयोजना गर्दै आएको जानकारी दिइन् ।

सोमबार र मंगलबार गरी २ दिन चलेको साहित्य महोत्सवमा कला, भाषा,गीत, सङ्गीत तथा वाद्यवादन लगायतका विभिन्न क्षेत्रका २२ जना विज्ञले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तरक्रिया गरेका थिए । त्यस्तै विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरूको प्रदर्शनी र नेपाली, अङ्ग्रेजी भाषामा नाटक मञ्चन समेत गरिएको थियो । साथै नेपाली कला संस्कृति झल्किने सामाग्रीहरू, गणित विषयमा प्रयोग गरिने विधिहरूका सामाग्रीहरूका साथै विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरू प्रदर्शन गरिएको छ ।

प्रकाशित : फाल्गुन १५, २०८० २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×