कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

ब्राइट फ्युचरलाई सफलता

काठमाडौँ — ब्राइट फ्युचरले तेस्रो एसजी अन्तरविद्यालय ब्वाइज फुटसल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । यू–१२ उमेर समूहमा ब्राइट फ्युचरले आयोजक स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुल ‘सी’ लाई ५–१ गोलले हरायो ।

ब्राइट फ्युचरलाई सफलता

सोही उमेरसमूहको अन्य खेलमा ब्रम्हकुञ्जले द एक्सेल्सियर स्कुलाई २–१, नाम्सले एक्सेल्सियरलाई ३–०, ब्रम्हकुञ्जले नाम्सलाई ३–२ र स्वस्तिश्री गुरुकुलल ‘ए’ ले युरो स्कुलाई ५–१ गोलले हराए ।

यू–१४ मा स्वस्तिश्री गुरुकुल ‘ए’ ले ग्यालेक्सी पब्लिक स्कुललाई ५–०, एक्सेल्सियरले स्वस्तिश्री गुरुकुल ‘बी’ लाई ६–०, ग्यालेक्सीले निःसर्ग बाटिकालाई ७–२, एक्सेल्सियरले न्यु एरा एकेडेमीलाई २–१, स्वस्तिश्री गुरुकुल ‘ए’ ले निःसर्ग बाटिकालाई ४–१, न्यु एराले स्वस्तिश्री गुरुकुल ‘बी’ लाई ३–२, स्वस्तिश्री गुरुकुल ‘सी’ ले काठमाडौं विद्याकुञ्जलाई ३–२ र रिब्सले सेक्रेड हार्टलाई २–१ गोलले पाखा लगाए ।

यू–१६ मा पाठशालाले एक्सेल्सियरलाई ३–०, पारामाउन्टले ग्यालेक्सीलाई ३–२, पाठशालाले निःसर्ग बाटिकालाई ३–१ तथा स्वस्तिश्री गुरुकुलले ग्यालेक्सीलाई १–० र पारामाउन्टलाई ५–१ गोलले पन्छाए । निःसर्ग वाटिका र एक्सेल्सियरबीचको खेल १–१ को बराबरीमा टुंगियो ।


प्रकाशित : फाल्गुन १५, २०८० २२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×