काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । गैरकानुनी रुपमा निजी संरचना भत्काएको, जथाभावी रुपमा डोजर चलाएको लगायत विषय उठाउँदै स्थानीयहरूले आइतबार प्रदर्शन गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार आफैंलाई जलाएका कारण मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै माइतीघरबाट 'काठमाडौं अपराइजिङ' नाममा प्रदर्शन सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगन्जस्थित शीतल निवासबाट शनिबार यात्रुवाहक साझा यातायात बस चढेर पाटन पुगेकी छन् । पाटन पुगेर उनले पिम्बाहा पोखरी, मल्लकालीन संगीत प्रदर्शनी साथै मदन पुस्तकालयको अवलोकन गरेकी छन् ।पाटन बसपार्कमा राष्ट्रपति भण्डारीलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।
तमु (गुरुङ) समुदायले शुक्रबार तमु ल्होसार धुमधामसँग मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग(हि ल्हो)लाई स्वागत गरी ल्होसार पर्व मनाएका हुन्।
इसाइ धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व क्रिसमस विश्वभर मनाइँदै छ । विशेषगरी क्रिसमसको अघिल्लो साँझ (क्रिसमस इभ) लाई विश्वभरका क्रिस्चियनहरूले धुमधाम साथ मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि युवा पुस्तामा यो चाड लोकप्रिय मानिँदै आएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणपत्र दिएको छ । आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै स्थानबाट प्रमाणपत्र दिइएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरे भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई दिए। प्रतिनिधिसभामा ११० जना सामानुपातिकतर्फ निर्वाचित भएका छन् । प्रदेशसभा अन्तर्गत प्रदेश १ मा ३७, मधेशमा ४३, वाग्मती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सदूरपश्चिममा २१ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।
१९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमा काठमाडौंको बसन्तपुरमा धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा विभिन्न स्थानबाट आएकाहरूको सांस्कृतिक र्याली प्रदर्शन गरिएको थियो । आजै योमरी पूर्णिमा पनि परेको हुँदा ठाउँठाउँमा योमरी बनाएर उत्सव मनाइएको छ
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ वटा मतदान केन्द्र तोकिएको छ। यसका लागि निर्वाचन कर्मचारीहरू मतदानको अघिल्लो दिन शनिबार दिनभर मतदान केन्द्र निर्माण गर्नुका साथै अन्य तयारी गरिरहेका छन् ।
पाटन दरबार क्षेत्रमा लोकप्रसिद्ध कात्तिक नाच देखाइएको छ । कात्तिक १३ गतेदेखि ऐतिहासिक कात्तिक नाच देखाउन सुरु गरिएको हो । कात्तिक नाचकै क्रममा सोमबार राति नृसिंह अवतार नृत्य अर्थात हिरण्यकश्यपुको वधको दृश्य देखाइएको हो । मंगलबार दधि लीलासँगै कात्तिक नाच सम्पन्न हुने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।