कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

अधिवक्ता राईको ‘संघर्षका पानाहरू’ 

काठमाडौँ — अधिवक्त शान्तिकुमारी राईको ‘संघर्षका पानाहरू’ कृति सार्वजनिक भएको छ । 

अधिवक्ता राईको ‘संघर्षका पानाहरू’ 

किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले काठमाडौंमा आयोजित एक समारोहमा उक्त कृति विमोचन गरेका हुन् ।

उदयपुरको बलम्तामा २०१३ फागुनमा जन्मिएकी राई नेपालको अन्तरिम संविधान २०६३ मस्यौदा समितिका सदस्य हुन् । उनी महिला अधिकारकर्मी, आदिवासी अधिकारकर्मी, चाम्लिङ मातृभाषाको लेखक साहित्यकार हुन् ।

लेखक शान्तिकुमारीले समाजमा छोरीलाई बढाउन हुन्न भन्ने जमानामा संघर्ष गर्दै आईए, बीए, बीएड्, बीएल र एमए हासिल गरेकी छिन् । बहिदार, मुखिया, खरिदार, हेड असिस्टेन्ट, सहायक प्रशासक, उप–प्रशासक, प्राध्यापन, वकालत पेसामा संलग्न रहिन् । कानुन आयोगको सदस्य, नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)को अध्यक्षसमेत रहिसकेकी छिन् ।

जीवन संघर्ष यात्रामा पति किरात इतिहासविद् टंकबहादुर राईको अटुट साथ पाएको उल्लेख गरेकी छिन् । जीवनको करिब सात दशकसम्म भोगेका अनुभूतिलाई १६ अध्यायमा आलेखहरू तथा विभिन्न कालखण्डका तस्बिर समेटिएका छन् । उदयपुरे चाम्लिङ भाषा लेखक संघको प्रकाशन तथा लेखकको छोरो प्रसिद्ध पप गायक धीरज राईको प्रायोजनमा पुस्तक प्रकाशित भएको हो । लेखक राईको चाम्लिङ भाषाका १२ वटा, नेपाली भाषाका ५ वटा पुस्तक कृति प्रकाशित छन् ।

प्रकाशित : फाल्गुन १५, २०८० २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×