वाणगंगा नगरपालिकाको लखनपारामा मेवा खेती गरेका कृषक तिहार नजिकिँदै गर्दा सयपत्री फूलको व्यापार गर्न व्यस्त छन् । मेवा खेतीको प्रतिरक्षा गर्न लगाएका फूलका विरुवा अहिले उनीहरुको अतिरिक्त आम्दानी स्रोत बनेपछि उनीहरु दंग परेका छन् ।
चचहुई भन्दै दसैं तिहारसम्म रौनक बढाउने लिंगे पिङ विस्तारै हराउँदै गएको छ । ८/१० वर्ष अघि सम्म घटस्थापनादेखि नै गाउँ टोलमा रोटे, जाते र लिंगे पिङ हालेर गाउँले रमाउने गर्थे । तर हिजोआज निकै कम भएकोछ । रोटे र जाते पिङ त देख्नै छाडिएको छ । कही कही देखिए लिगे पिङ मात्रै देखिन्छ ।
कपिलवस्तुका अधिकांश खेत, फाँट र बस्ती आसपासका ठाउँमा धानबालीले हरियो देखिएका छन् । जता हेर्यो उतै धानबाली लहलहाइरहेको हरियो फाँट देख्न सकिन्छ । जिल्लाको ८३ हजार खेतीयोग्य जमिनमध्ये ७१ हजार ५ सय हेक्टरमा यस वर्ष धानबाली लगाइएको छ । यस वर्ष समयमै वर्षा भएकाले कृषकले बेलैमा धान रोपेका थिए । नियमित पानी परिरहेको र रोगकिरा नलागेकाले यस वर्ष धान उत्पादन बढी हुने बताइएको छ । कपिलवस्तुको बर्दहवा, रमतलाहा, लमतिया, बण्डिहुली, जगदीशपुर र जलरैया गाउँ आसपास ड्रोनबाट लिइएका धान फाँटका मनमोहक दृश्य ।
स्वर्गचरी नामैले आकर्षक छ, हेर्दै मनमोहक छ । यो चरीलाई अहिले बचेरा स्यारसुसार गर्न भ्याईनभ्याई छ । लुम्बिनीको पर्सानजिक तेलार नदी छेउदेखि काठमाडौं उपत्यकासम्मै स्वर्गचरी आफ्ना बच्चा हुर्काइरहेको छ ।
गए रातिदेखिको वर्षाले जिल्लाको वाँणगंगा नगरपालिकामा ५० बढी घर डुबानमा परेको छ । नगरपालिकाको २ नम्बर वडाको कलौनी र पिपरा आसपास तथा ४ नम्बर वडाको झुगा क्षेत्रमा घर डुबानमा परेको छ । ८ नम्बर वडाको बोर्डगाउँ, बालापुर र धनेशपुर तथा ३ नम्बर वडाको गंगोलीया र बभनी क्षेत्रका घर डुबानमा परेको छ ।
कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा लागू भएकाले व्यावसायिक र पर्यटकीय गतिविधि ठप्प छ । अरू बेला पर्यटकको भीड लाग्ने गरेको बुद्ध जन्मस्थल लुम्बिनीमा पनि यति बेला सुनसान र शान्त छ ।
पानी परेर आकाश खुलेसँगै कपिलवस्तुबाटै पहाड र हिमालका सुन्दर दृश्य देखिन थालेको छ । तराईमा लहलह झुलेका धानबालीदेखि नागबेली पहाड हुँदै हिमालका सुन्दर दृश्य देखिएको छ ।