२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

विश्व शान्ति धाम निर्माणका लागि विदेशीसहितको श्रमदान

तस्बिर : मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माणका लागि स्थानीयदेखि लामागुरु र कूटनीतिज्ञसम्मले श्रमदान गरेर निर्माण सुरु गरेका छन् । कोरोना संक्रमणले रोकिएको काम अहिले पुनः सुरू भएको हो ।

बौद्ध धर्मगुरु श्याल्पा तेञ्जिङ रिम्पोछेले सुरु गरेको धामको लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामा र अमेरिकी दूतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुनः सुरुवात गरेका छन् । त्यसपछि भिक्षु, लामागुरु, पर्यटन उद्यमी, व्यवसायी र विदेशी उपाकसक उपासिकाले श्रमदान गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति अभियन्ता माइकल सङ र जेम्स स्टरलिंक पनि सहभागी छन् ।

शान्ति धाममा एक हजार पाचसय बढी क्षमताको सभाकक्ष, शान्ति वार्ता र ध्यानकक्ष, पुस्तकालय र संग्रहालय हुनेछन् । त्यस्तै भित्र अत्याधुनिक विहार र गुम्बा पनि रहनेछ । जर्मन आर्किटेक्टले डिजाईन गरेको कमलको फुल आकारमा बनाउन लागेको वर्ल्ड पिस केन्द्र ३ वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्य छ । धामको फाउण्डेसनकालागि २ सय १९ पाईलिङ काम सकिएकोछ । ५ अर्ब रुपैया लागत अनुमान गरिएको छ । धाम ४४ मिटर उचाइको चार तले र कमलको फूल आकारको हुने छ ।


प्रकाशित : पुस १, २०८० १५:५५
प्रतिक्रिया
पठाउनुहोस्