कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी

दुर्गालाल केसी

दाङ — घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग अन्तर्गत मंगलबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।

दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी

घोराही उपमहानगरपालिका–१७ गुलरीयास्थित क्रिकेट स्टेडियममा सम्पन्न खेलमा तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई तथा डिफेन्डिङ च्याम्पियन समेत रहेको घोराही टाइगर्सले पुरन्धारा च्यालेन्जर्सलाई पराजित गरेका हुन् ।

पहिलो खेलमा तुलसीपुर रोयल्सले विजयी सुरुवात गर्ने क्रममा दंगाली लायन्सलाई २७ रनले पराजित गर्‍यो । तुलसीपुर रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको दंगाली लायन्सले २० ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा दंगाली लायन्सको लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ३१ रनको योगदान दिए । अर्का ओपनर अंकित बुढा मगरले १६ तथा बिपिन खत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तुलसीपुर रोयल्सको बलिंङमा प्लेयर अफ द म्याच घोषित दायाा हाते फास्ट बलर अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २२ रन खर्चिए । इस्माईल अन्सारीले ३ विकेट लिँदा दिवान पुनले २ तथा रुपेश सिंहले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ४ विकेट गुमाएर १२५ रन बनायो ।

तुलसीपुरका लागि ओपनर बिपिन रावलले सर्वाधिक ४२ रन बनाए । अन्डर–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका रावलले ४५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर बिराट सिंह भण्डारीले ३८ रन बनाए जुन क्रममा ५७ बलमा १ चौका र १ छक्का प्रहार गरे । बिपिन र बिराटले ९५ रनको ओपनिङ साझेदारी गरे । दंगाली लायन्सको बलिङमा बिपिन खत्री, बसिर अहमद र प्रकाश जैसीले १/१ विकेट लिए ।

दोश्रो खेलमा घोराही टाइगर्सले पुरन्धारा च्यालेन्जर्सलाई पराजित गर्दै पहिलो जित दर्ता गर्‍यो । पुरन्धारा च्यालेन्जर्सले दिएको ११८ रनको लक्ष्य घोराही टाइगर्सले १९.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो ।

लक्ष्य पछ्याउने क्रममा घोराहीको लागि अर्जुन घर्तीले सर्वाधिक ४१ रन योगदान दिए जुन क्रममा ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै दिपेश काडेलले १९, दिल्शाद अलिले १५, दिलिप नाथले १० तथा युनिश विक्रम सिंहले ९ रनको योगदान दिए । ५२ रनमा ४ विकेट गएको अवस्थामा दिपेश काडेल र अर्जुन घर्तीले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

पुरन्धाराको बलिङमा कृष्ण कार्की, दिपेन्द्र रावत र सुजल ओलीले २/२ विकेट लिएता पनि जितको लागि पर्याप्त हुन सकेन । यसअघि टस हारेर ब्याटिङ गरको पुरन्धाराले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनायो ।

पुरन्धाराको लागि राजु रिजालले अर्धशतकीय योगदान दिए । राष्ट्रिय क्रिकेटर समेत रहेका रिजालले ४४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रित गौतमले १६, दिपेन्द्र रावतले १५ तथा प्रनित थापाले १० रन बनाए ।

घोराही टाइगर्सको बलिङमा दिपेश काडेलले सर्वाधिक ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच समेत घोषित यु–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका काडेलले ४ ओभरमा १२ रन मात्र खर्चिए । मिलन बुढाथोकीले २ तथा युनिश विक्रम सिंह र अर्जुन घर्तीले १/१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत तेश्रो दिन बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ः३० बजे तुलसीपुर रोयल्स र पुरन्धारा च्यालेन्जर्स बीच तथा दोश्रो खेल दिउासो १ः३० बजे घोराही टाइगर्स र देउखुरी वारियर्स बीच हुने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले बताए ।

प्रतियोगितामा पााच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।

लिग विजेताले नगद २ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाासहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान १०/१० हजार, म्यान अफ द सिरिजलाई १५ हजार र म्यान अफ द म्याचलाई पााच हजार प्रदान गरिने भएको छ ।

प्रकाशित : फाल्गुन १५, २०८० १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×