कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोपाइँमा रमाउँदै बालबालिका

तस्बिर : इलिट जोशी

काठमाडौँ — असार १५ अर्थात् धान दिवसको अवसरमा विभिन्न राजनीतिक दल तथा संगठनका प्रतिनिधिहरू खेतमा पुगेर रोपाइँ सम्बन्धी कार्यक्रम गरेका छन् । उक्त अवसरमा उत्तरी काठमाडौंको टोखास्थित टोखा अर्बन फार्ममा बालबालिकाहरूले पनि रोपाइँ गरी धान दिवस मनाए ।

विभिन्न स्कुलका विद्यार्थीहरू यहाँ पुगेर धान रोपाइँ गरेका हुन् । कतिपय अभिवावक तथा किसानले भने उनीहरूलाई रोपाइँ सिकारहेका छन् । बालबालिकाहरू धान रोपाइँसँगै हिलोमा रमाइरहेका छन् ।


प्रकाशित : असार १५, २०८० १८:१९
प्रतिक्रिया
पठाउनुहोस्