२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

तस्बिर : इलिट जोशी

तस्बिर : इलिट जोशीका लेखहरु :

वसन्तपुरमा इन्द्रजात्राको उल्लास

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन् । आज दिउँसो उनले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका थिए ।

तस्बिरमा सामूहिक कुमारी पूजा

काठमाडौंको वसन्तपुरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ । कुमारी पूजा सेवा समिति भक्तजन परिवारको आयोजनामा इन्‍द्रजात्राको अवसर पारेर हरेक वर्ष उक्त कार्यक्रमको आयोजना गरिँदै आइएको छ । बिहीबार परेको इन्द्रजात्राको अवसरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो ।

इन्द्रजात्राको य:सिं ठड्याइयो

इन्द्रजात्राको य:सिं मंगलबार बसन्तपुरको हनुमानढोकामा ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटको साइतमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको य:सिंठ ड्याएपछि इन्द्रजात्रा सुरु भएको छ ।

टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । बुधबार बिहान संविधान दिवस मूल समारोह समितिद्वारा टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका थिए ।

पशुपतिमा तीजको रमझम

आज हरितालिका तीज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ । शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

कुशे औंसी मेलामा श्रद्धालुको घुइँचो

आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औंसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाइ आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औंसीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ ।

बीपी साहित्य महोत्सवको रौनक

कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा पार्टी मुख्यालय सानेपामा तीनदिने ‘बीपी साहित्य महोत्सव’ सुरू भएको छ । आइतबारदेखि सुरू भएको बीपी साहित्य महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले बीपीको बहुआयमिक व्यक्तित्व र प्रतिभाको चर्चा गरेका थिए ।देउवाले बीपीको ११० औं जन्मजयन्तीको सन्दर्भमा कांग्रेस कार्यालयको आकाशमा ११० वटा बेलुन उडाएर महोत्सवको उद्घाटन गरेका थिए । 

श्रीकृष्ण जन्माष्टमीको रौनक

हिन्दु धर्मावलम्बीहरूले बुधबार मुलुकभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाएका छन् । श्रद्धालुहरू आफ्ना नजिकका कृष्ण मन्दिरहरूमा गई पूजा आराधना, व्रत र भजनकीर्तन गरेका छन् । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ ।

काठमाडौंमा मनाइयो गाईजात्रा

आज काठमाडौंको बसन्तपुर र हनुमानढोका क्षेत्रमा गाईजात्रा मनाइएको छ । काठमाडौंमा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ ।

आज जनैपूर्णिमा‚ देवालयमा श्रद्धालुको घुइँचो

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन् ।