१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

अगन्धर तिवारी

अगन्धर तिवारीका लेखहरु :

खोलाले जिप बगाउँदा कुश्मामा ३ जना बेपत्ता

भीषण वर्षासँगै मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत कुश्मा नगरपालिका–७ को तमादीखोलामा एउटा जिप बगेको छ । साँझ ७ बजेतिर बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ६२१३ को टाटासुमो जिप तमादीखोलाले बगाएको हो ।

सामाजिक सञ्जालमा टिप्पणी गरेको आधारमा पक्राउ पुर्जी

पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित सात पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी जारी गरेको छ ।

खानेपानी आयोजनामा बजेट अभाव

दुई वर्षमा सक्ने गरी आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको बृहत् शंकरपोखरी खानेपानी आयोजनाको लागत स्टिमेट १८ करोड रुपैयाँको छ । उक्त योजनाका लागि बर्सेनि १८ देखि २० लाखका दरले बजेट प्राप्त हुन्छ ।

सातामै दर्जनौं वनमा डढेलो, छैन नियन्त्रण संयन्त्र

लामो समयको खडेरीका कारण पतकर तथा जंगलका बुट्यान सुक्दै जाँदा करिब दुई सातायता पर्वतका तीन दर्जन बढी सामुदायिक वन तथा पाखापखेरामा आगलागी भएको छ । आगलागी समयमै नियन्त्रण हुन नसक्दा मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरका वनपैदावार नास हुनुका साथै वन्यजन्तु मरेका छन् । 

१२ किमि दूरीमा ४ जलविद्युत्

जलविद्युत्‌मा एकपछि अर्को फड्को मारिरहेको अवस्थामा जिल्लाको एक खोलाको झन्डै १२ किलोमिटरको दूरीमा ४ जलविद्युत् आयोजना निर्माण भएका छन् । मोदी, कुश्मा र फलेवास नगरपालिका हुँदै बगेको मोदीखोलाको छोटो दूरीमै यी आयोजना बनेका हुन् । 

पालिकामा फोहोर व्यवस्थापन चुनौती

नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहोर व्यवस्थापनको पनि चुनौती थपिन थालेको छ । म्याग्दी सदरमुकाम रहेको बेनी नगरपालिका–७ र ८ को फोहोर व्यवस्थापन सबैभन्दा चुनौती छ । बेनीको फोहोर २० वर्षदेखि २ किलोमिटर उत्तर सेतीपहिरोस्थित बेनी–जोमसोम सडकबाट कालीगण्डकी नदी किनारामा फालिएको छ । यसको विरोध हुँदै आएको छ ।

होमस्टे चलाउँदै तन्नेरी

होमस्टे सञ्चालन देशमै पहिलो पटक २०५४ सालमा स्याङ्जाको सिरुबारीबाट सुरु भएको हो । त्यसपछि त स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ग्रामीण भेगमा होमस्टे सञ्चालनको लहर नै चल्यो ।

पढाइ निःशुल्क, उत्तीर्ण हुँदा एक लाख

सामुदायिक क्याम्पसमा शुल्क चर्को लिएको भन्दै विरोधका खबर आइरहँदा पर्वतको एक क्याम्पसमा भने विद्यार्थीले निःशुल्क पढ्न पाउने मात्रै होइन, सित्तैमा पाठ्यपुस्तक र पोसाक पाउँछन् । त्यतिमात्रै नभएर नियमित उत्तीर्ण हुनेले एक लाख रुपैयाँ पुरस्कारसमेत पाउँछन् । पैयुँ गाउँपालिकाको हुवास बहुमुखी क्याम्पसले विद्यार्थी आकर्षित गर्न यस्तो रणनीति ल्याएको हो ।

गुप्तेश्वर क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त प्यानल विजयी

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।

जग्गा वर्गीकरण नहुँदा अंशबन्डा रोकियो

पर्वतका स्थानीय तहहरूले जग्गा वर्गीकरण नगर्दा जिल्लाभर कित्ताकाटदेखि खरिदबिक्रीलगायत कारोबार ठप्प भएको छ । कतिपय पालिकाले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही पालिकाले गठनसमेत गर्न सकेका छैनन् ।