कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

सामाजिक सञ्जालमा टिप्पणी गरेको आधारमा पक्राउ पुर्जी

अगन्धर तिवारी

पर्वत — पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित सात पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी जारी गरेको छ ।

सामाजिक सञ्जालमा टिप्पणी गरेको आधारमा पक्राउ पुर्जी

प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गिरीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा कुनै पनि पत्रकारको व्यक्तिगत रुपमा नाम नलिई समग्र जिल्लाको पत्रकारिताबारे निर्मम टिप्प्पणी गर्दै स्टाटस लेखेका थिए । उनको स्टाटसमा विभिन्न पत्रकारहरुले गरेको कमेन्टमा गिरीले प्रतिक्रिया लेखेको देखिन्छ । कतिपय प्रतिक्रियामा गिरीले अपशब्द प्रयोग गरेको देखिन्छ ।

प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले पत्रकार महासंघको लेटर प्याडमै गिरीविरुद्ध उजुरी परेपछि आफूहरुले पक्राउ पुर्जी गरेको बताए । पत्रकारहरुले गिरीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम निजलाई कारबाहीको माग गर्दै आइतबार उजुरी दर्ता गराएका थिए ।

महासंघका जिल्ला अध्यक्ष सन्तोष थापाले महासंघको नामसहित राखेर गिरीविरुद्ध किटानी जाहेरी दिइएको बताए । उनले प्रत्येक उजुरीकर्तालाई गिरीले के-के शब्द प्रयोग गरेर आरोप लगाए भनेर त्यसमा खुलाइएको बताए । उजुरी गर्नेमध्ये गणेश पौडेल पूर्वकार्यवहाक अध्यक्ष, छविलाल तिवारी निर्वतमान अध्यक्ष एवं पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : श्रावण २३, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?