कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

खोलाले जिप बगाउँदा कुश्मामा ३ जना बेपत्ता

अगन्धर तिवारी

पर्वत — भीषण वर्षासँगै मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत कुश्मा नगरपालिका–७ को तमादीखोलामा एउटा जिप बगेको छ । साँझ ७ बजेतिर बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ६२१३ को टाटासुमो जिप तमादीखोलाले बगाएको हो ।

खोलाको बीचभागमा जिप फसेको र चालकले ओट लगाउने क्रममा माथीबाट गेग्रान सहितको हिलो आएर बगाएको पर्वत प्रहरी प्रमुख खुमलाल भुसालले बताए । घटनास्थलमै रहेका भुसालका अनुसार जिपमा चालकसहित ४ जना सवार थिए ।

बागलुङको धौलागिरि काउन्टरबाट एकजना तथा अन्य दुई जना बाटोबाटै चढेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । जिप चालक प्रहरीको नियन्त्रणमा रहेको भुसालले बताए ।

वर्षा भइरहेकोले हराएकाहरुको खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । हराएका सबै पुरुष भएको र उनीहरुमध्ये कसैको पनि सनाखत हुन सकेको छैन ।

घटनास्थलमा प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयवासी उद्धार तथा खोजीकार्यमा संलग्न छन् ।

प्रकाशित : आश्विन १३, २०८० २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?