उपयुक्त डम्पिङ साइट फेला नपरेको भन्दै सदरमुकाम रहेको बेनी नगरपालिकाले १९ वर्षदेखि बजारको फोहोरमैला कालीगण्डकी किनारमा फाल्दै आएको छ । नगरको फोहोरका कारण धार्मिक तथा पर्यटकीय महत्त्वको कालीगण्डकी नदी प्रदूषित भइरहेको र जलचर संकटमा परेको भन्दै सरोकारवालाहरूले विरोध गर्दै आएका छन् ।
बेनी नगरपालिका–६ सेतीपहिरो छेउको कालीगण्डकी नदी किनारामा भगवान रामको बाल्यकालको मूर्ति बनाउन भारतको अयोध्यामा लगिने देवशिलाको गर्भस्थल हिन्दु शास्त्रीय विधिअनुसार नदी र भूमिसँग छुट्टाछुट्टै क्षमा पूजा गरिएको छ ।
सदरमुकाम बेनीमा जारी सतौं म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला जिल्लामा हुनेगरी तयार पारिएको मेला तथा महोत्सव सम्बन्धी मापदण्ड ०७६ विपरीत भएको पाइएको छ ।
नीलगिरि साउथ हिमालको दक्षिण तथा अन्नपूर्ण तथा बराह शिखरको पश्चिम फेदीमा अवस्थित मगर बाहुल्य गाउँ हो अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङ । चालु आर्थिक वर्षमा यो वडामा जम्मा ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
म्याग्दीमा पहिलो पटक जलयात्रा व्यवसाय (र्याफ्टिङ) सुरु भएको छ । सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा र्याफ्टिङ सुरु गरेका हुन् ।
कालीगण्डकी नदीका शिला (ढुंगा) भगवान् रामको मूर्ति बनाउन भारतको अयोध्या लगिने भएको छ । बेनीदेखि उत्तर गलेश्वरधामसम्म ३ किलोमिटर क्षेत्रबाट ती शिला पठाउन लागिएको हो । ‘कालीगण्डकी नदीको जलप्रवाहबाट पवित्र बनेका ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका २ थान शिला पठाउँदै छौं,’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भने ।
फार्ममा अफ्रिकन स्वाइन फिभर संक्रमण फैलिएपछि म्याग्दीमा बंगुरहरू मर्न थालेका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार सदरमुकाम बेनी क्षेत्र तथा ग्रामीण भेगमा पालिएका बंगुरमा अति संक्रामक अफ्रिकन स्वाइन फिभर फैलिएको छ । किसानले शुक्रबारसम्म संक्रमणबाट ३ सयभन्दा बढी बंगुर मरेको जानकारी दिएका छन् ।
सरकारको प्राथमिकतापूर्ण गौरवको योजनामध्येको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला अन्तरदेशीय सडकको काम झन्झन् सुस्त बनेको छ । अधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम पूरै ठप्प छ । आयोजनाको सुरु विन्दु गलेश्वरदेखि मुस्ताङ सीमावर्ती घाँसासम्मको ४० किमि (पहिलो र दोस्रो प्याकेज) सडकको काम पनि ठप्पप्रायः छ ।
गुजमुज्ज घरहरूले घेरिएको बस्ती । बस्तीका बीचैबीच ‘एल’ आकारको एउटा पुरानो घर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको यो घर ‘अन्नपूर्ण पुस्तकालय’ हो । २०२४ मा स्थानीय हरिलाल सुवेदीले आमा भद्रकलाको नाममा धनधान्यञ्चल ज्ञान महायज्ञ आयोजना गरी संकलित नगद र धान बिक्रीबाट प्राप्त रकमले पुस्तक खरिद ल्याएर पुस्तकालय स्थापना गरिएको हो ।