कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु

घनश्याम खड्का

म्याग्दी — मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बामा नाली खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।

मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार शुक्रबार दिउँसो १ बजे घरपझोङको ढुम्बास्थित कुछप तेरङ्गा गुम्बाको नाली खन्नेक्रममा माटोको ढिस्को खसेर पुरिँदा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका- १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका-१ का २२ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थल पुगेको सेना, प्रहरी समेतको सहयोगमा डोजर प्रयोग गरी ढिस्कोको माटो पन्छ्याएर शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोम पुर्‍याइएको छ ।

प्रहरीले मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको र आफन्त आएपछि शव बुझाइने जनाएको छ ।

प्रकाशित : श्रावण ४, २०८१ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×