२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
नवौं राष्ट्रिय खेलकुद

कर्णालीलाई दसौंको झन्डा हस्तान्तरण गरिने

ध्रुव तुलाधर

पोखरा — दसौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने भएको छ । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार साँझ सकिँदै छ ।

कर्णालीलाई दसौंको झन्डा हस्तान्तरण गरिने

राष्ट्रिय खेलकुद परिषद्को पोखरामै बसेको बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने निर्णय गरेको हो । २०८१ सालमा हुने प्रतियोगिताको मिति र खेलस्थल भने तय गरिएको छैन । मंसिर महिनामा हुन सक्नेमा व्यापक छलफल भएको जनाइएको छ ।

पोखरा रंगशालामा आज हुने समापनमा कर्णाली प्रदेशलाई आयोजनाका लागि झन्डा हस्तान्तरण गरिने कार्यक्रम छ । साथै त्यस अवसरमा आयोजक कर्णाली प्रदेशले सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिनेछ ।

समापनका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि झन्डा हस्तान्तरण गर्ने छन् ।

समापनमा सहभागी ११ टिमकै खेलाडीको मार्चपाससहित मास गेम्स प्रदर्शनको कार्यक्रम छ । त्यसमा डान्स स्पोर्ट्स संघबाट प्रदर्शन खेल देखाइने छ । गण्डकीको लोक नृत्य कौरा नाच, गायक प्रकाश सपुत, मिलन नेवार, आनन्द कार्कीलगायतको सांगीतिक प्रस्तुति रहनेछ । साथै दोहोरी गीत तथा नृत्य पनि प्रदर्शन गरिनेछ ।

२०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा दोहोरी गीत तथा नृत्यको प्रतियोगिता थियो ।

प्रकाशित : कार्तिक ३, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?