३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४
अर्थ / वाणिज्य

Nepali Business & Economics News

सरकारले ऊर्जा उत्पादकको मनोबल बढाउने गरी काम गर्छ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीसँगको भेटमा अब बिजुली पुग्यो भन्ने अवस्थामा मुलुक नपुगिसकेकाले ऊर्जा उत्पादनकलाई हौसला दिनुपर्ने बताए । 

सरकारले ऊर्जा उत्पादकको मनोबल बढाउने गरी काम गर्छ : अर्थमन्त्री पौडेल

एक व्यक्तिले दुई वटा लुघवित्तबाट ऋण लिन पाउने

अब लघुवित्तका ऋणी (ग्राहक)ले बढीमा दुई वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था थियो ।  

एक व्यक्तिले दुई वटा लुघवित्तबाट ऋण लिन पाउने

काभ्रेमा ९०.६ प्रतिशत रोपाइँ सम्पन्न

यहाँको कृषियोग्य ९०.६ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । कृषि विकास कार्यालय काभ्रेका अनुसार शुक्रबारसम्म काभ्रेमा वर्षेधान रोपाइँ हुने खेतीयोग्य कुल १० हजार १ सय ८ हेक्टर क्षेत्रफलमध्ये ९ हजार १ सय ६७ हेक्टरमा रोपाइँ सकिएको हो ।

काभ्रेमा ९०.६ प्रतिशत रोपाइँ सम्पन्न

नारायणगढ–बुटवल सडक विस्तारको फेरि म्याद थपियो

नारायणगढ–बुटवल सडक विस्तार थालेको ६ वर्ष भयो । यसको भौतिक प्रगति बल्ल ५३ प्रतिशत पुगेको छ । निर्माण गति सुस्त रहेकै बेला फेरि एक वर्षको म्याद थप गरिएको छ । तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि केही दिनअघि म्याद थप गरिएको हो ।

नारायणगढ–बुटवल सडक विस्तारको फेरि म्याद थपियो

एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबरकाे विद्युत् भारत निर्यात गरेको छ । गत आर्थिक वर्षकाे साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ कमाएको हो ।

एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात

११३.४२ अंकले बढ्यो नेप्से, पौने १६ अर्ब रुपैयाँको कारोबार

साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ११३.४२ अंकले बढेको छ । ४.४१ प्रतिशत बढेको नेप्से परिसूचक २६८१.५६ विन्दुमा सीमित भएको हो । 

११३.४२ अंकले बढ्यो नेप्से, पौने १६ अर्ब रुपैयाँको कारोबार

ऊर्जा प्रवर्द्धकलाई सहजिकरण गर्ने माैद्रिक नीति आउन सकेन : इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिले ऊर्जा विकासकर्तालाई आकर्षित र सहजीकरण गर्ने नीति नआएको भन्दै आपत्ति जनाएको छ ।

ऊर्जा प्रवर्द्धकलाई सहजिकरण गर्ने माैद्रिक नीति आउन सकेन : इप्पान

सम्हालियो सेयर बजार, विस्तारै उकालो लाग्दै

उच्च अंकले बढेर दुई पटक सर्किट ब्रेकरमार्फत ६०  मिनेट बन्द भएको बजार अहिले सम्हालिँदै अघि बढेको छ । अहिले नेप्सेको वृद्धिदर घटेको छ भने १२:२५ बजेसम्म परिसूचक करिब ९० अंकले बढिसकेको छ । यो करिब ३.५० प्रतिशतको मात्र वृद्धि हो ।  

सम्हालियो सेयर बजार, विस्तारै उकालो लाग्दै

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार रोकियो 

सेयर कारोबार मापक नेप्से परिसूचकमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो । 

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार रोकियो 

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

ठूला आयोजनाको खर्च वृद्धि, प्रगति न्यून

अधिकांश ठूला आयोजनाले गत आर्थिक वर्षमा विनियोजित विकास बजेट खर्च ९० प्रतिशत कटाए पनि समग्र प्रगति भने निराशाजनक छ । पटकपटक म्याद थप गर्दा पनि प्रगति सन्तोषजनक हुन नसकेको हो । केही राष्ट्रिय गौरवका आयोजनामा भने पर्याप्त बजेट विनियोजन नहुँदा कामले गति लिन नसकेको दाबी आयोजना प्रमुखहरूको छ ।

ठूला आयोजनाको खर्च वृद्धि, प्रगति न्यून

बुक बिल्डिङ विधिको आईपीओ निष्कासन नियमावली फेरिँदै

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिसम्बन्धी नियमावली तथा निर्देशिका परिमार्जन गर्ने भएको छ । यो प्रक्रियाबाट प्राथमिक सेयर निष्कासन गरेका कम्पनीहरूको मूल्य निर्धारण प्रक्रियामा विवाद भइरहेका बेला बोर्डले सम्बन्धित नियमावली र निर्देशिका परिमार्जन गर्न लागेको हो ।

बुक बिल्डिङ विधिको आईपीओ निष्कासन नियमावली फेरिँदै

विश्वकै उत्कृष्ट गन्तव्य सूचीमा ‘बुरहान’

‘गर्न सक्नुपर्छ, जे पनि हुन्छ,’ क्षेत्रीय होटल एसोसिएसन बर्दियाका अध्यक्ष मोहन चौधरीले शुक्रबार बिहान फेसबुकमा उल्लेख गरे, ‘बुरहानले प्राप्त गरेको सफलताले समग्र जिल्लाको पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ ।’ बिहीबार साँझदेखि जिल्ला र बाहिर रहेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिले सामाजिक सञ्जालमा बर्दियाको मधुवन नगरपालिका–१ डाँडागाउँस्थित बुरहान वाइल्डरनेस क्याम्पलाई लिएर खुसी साटासाट गरिरहेका छन् ।

विश्वकै उत्कृष्ट गन्तव्य सूचीमा ‘बुरहान’