कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

पहिरोले कर्णाली राजमार्ग पुन: अवरुद्ध  

भाद्र २३, २०८१
पहिरोले कर्णाली राजमार्ग पुन: अवरुद्ध  

कालीकोट — पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शनिबार रातिको वर्षापछि पहिरो जाँदा कालीकोटको हुल्म, एस मोड, गगने खोला र दैखोलामा पुन: पहिरो गएर सडक अवरुद्ध भएको हो । 

पहिरोका कारण १ साता अघि ५ दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो । पहिरो गएपछि पुन: सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए ।

'हुल्म र एस मोडमा त सानै छ,' उनले भने, ,गगने खोलामा २० मिटरजति सडक बगाएको छ ।' उनले दिनभर दुई वटा मेसिनले काम गरे बेलुकीसम्म खुलाउन सकिने सम्भावना रहेको जानकारी दिए ।

गगने खोलामा ठूलो पहिरो गएकाले जुम्ला, मुगुबाट आएका गाडी कालीकोकोटको ताडी बसपार्कमा पार्किङ गरिएको जिल्ला टाफिक कार्यालयका इन्चार्ज टोपबहादुर महताराले बताए । 'जुम्ला र मुगुबाट आएका गाडी मान्ममै रोकेका छौँ,' उनले भने, 'बाजुराबाट कर्णाली करिडोरको बाटो हुँदै आएका गाडी लालीघाट र खुलालुमा रोकिएका छन् ।'

२ सय ३२ किमि लामो कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला सडक वर्षा लागेपछि बेला-बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । असारयता मात्र ४७ दिन अवरुद्ध भइसकेको छ ।

प्रकाशित : भाद्र २३, २०८१ ०९:५९
×