कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

काभ्रेमा ९०.६ प्रतिशत रोपाइँ सम्पन्न

श्रावण १३, २०८१
काभ्रेमा ९०.६ प्रतिशत रोपाइँ सम्पन्न

काभ्रे — यहाँको कृषियोग्य ९०.६ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । कृषि विकास कार्यालय काभ्रेका अनुसार शुक्रबारसम्म काभ्रेमा वर्षेधान रोपाइँ हुने खेतीयोग्य कुल १० हजार १ सय ८ हेक्टर क्षेत्रफलमध्ये ९ हजार १ सय ६७ हेक्टरमा रोपाइँ सकिएको हो ।

यहाँका नगरपालिकामध्ये बनेपामा ९८, पनौतीमा ९८, धुलिखेलमा ९८, पाँचखालमा ८०, मण्डनदेउपुरमा ९० र नमोबुद्धमा ९० प्रतिशत रोपाइँ सकिएको कार्यालयलका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामध्ये खानीखोलामा ८५, चौरीदेउरालीमा ९५, तेमालमा ९०, बेथानचोकमा ९५, भुम्लुमा ९०, महाभारतमा ८० र रोशी गाउँपालिकामा ९५ प्रतिशत वर्षे धान रोपाइँ सम्पन्न भएको छ । समयमै वर्षा भएका कारण यस वर्ष ९०.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको उनको भनाइ छ ।

विशेष गरेर यहाँको हावापानीलाई सुहाउने खालको खुमल र मकवानपुर जातको धानको बीउ सिफारिस गरिएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख दवाडीले बताए । उनका अनुसार, उपयुक्त उन्नत जातको धान सिफारिस भए पनि किसानले एसजे–जी १०, चाइना सुपर जातका हाइब्रिड धान पनि रोप्ने गरेको पाइएको छ ।

प्रकाशित : श्रावण १३, २०८१ १७:४७
×