कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

५७ अंकले घट्यो नेप्से, सात अर्ब ३६ करोड रुपैयाँको कारोबार 

भाद्र ३१, २०८१
५७ अंकले घट्यो नेप्से, सात अर्ब ३६ करोड रुपैयाँको कारोबार 

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५७.०३ अंकले घटेको छ । आइतबार १.८८ प्रतिशतले घटेको नेप्से आज २.१६ प्रतिशतले घटेको हो । नेप्से २५८०.७६ विन्दुमा ओर्लेको छ । 

गत साताको अन्तिम दिन बिहीबार ७८.३१ अंकले बढेको नेप्से फेरी लगातार घट्न थालेको छ । यसअघि ६ कारोबार दिन लगातार घटेको थियो । कुल १४ कम्पनीको मूल्य बढ्यो भने २२७ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच भए । ९२ हजार ८१५ पटकको सेयर किनबेचबाट ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज पनि सबै उपसमूहहरु घटे । फाइनान्स ५.६६, होटल तथा पर्यटन २.७९ व्यापार २.७६ र विकास बैंक २.७२ प्रतिशतले घटे ।

प्रकाशित : भाद्र ३१, २०८१ १५:२१
x
×