कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

१ महिनाभित्रै भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

भाद्र ३१, २०८१
१ महिनाभित्रै भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

काठमाडौँ — भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको एक महिनाभित्रै भूमि आयोग गठन गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित दिगो ग्रामीण विकासका लागि विकास संघ(आफा) को क्षेत्रिय कार्यशाला तथा ११औं साधारणसभामा मन्त्री अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गर्ने बताएका हुन् ।

`अव्यवस्थित तथा साना किसानहरूलाई कृषि जग्गा उपलब्ध गराउँछौं, कृषिमा आवद्व गराउँछौ,´ उनले भने, `कृषिमा जोडेर उद्यमशील बनाउने हो ।´

देश र देशको हावापानीअनुसार कृषि गरि मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने उनले बताए । खाद्य सम्प्रभुता संविधानमै रहेको बताउँदै मन्त्री अधिकारीले त्यसका सुरक्षाका लागि प्रयास गरिने बताए ।

प्रकाशित : भाद्र ३१, २०८१ ११:४७
x
×