कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

सुनको भाउमा हरेक दिन रेकर्ड, तोलाकै १ लाख ५७ हजार ३ सय रुपैयाँ

भाद्र ३१, २०८१
सुनको भाउमा हरेक दिन रेकर्ड, तोलाकै १ लाख ५७ हजार ३ सय रुपैयाँ

काठमाडौँ — नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड राख्न थालेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । आइतबारका सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

शनिबार सुनचाँदीको भाउ तोकिँदैन । शुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । शुक्रबार भने बिहीबारको तुलनामा एक तोलामै ३ हजार रुपैयाँले भाउ बढेको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ ११:४६
x
×