कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

११३.४२ अंकले बढ्यो नेप्से, पौने १६ अर्ब रुपैयाँको कारोबार

श्रावण १३, २०८१
११३.४२ अंकले बढ्यो नेप्से, पौने १६ अर्ब रुपैयाँको कारोबार

Highlights

  • दुई पटक सर्किट ब्रेकरमार्फत ६० मिनेट बन्द भएर खुलेपछि सम्हालिँदै अघि बढेको नेप्से परिसूचक २६८१.५६ विन्दुमा सीमित

काठमाडौँ — साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ११३.४२ अंकले बढेको छ । ४.४१ प्रतिशत बढेको नेप्से परिसूचक २६८१.५६ विन्दुमा सीमित भएको हो । 

बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बन्द गरिएको हो ।उच्च अंकले बढेर दुई पटक सर्किट ब्रेकरमार्फत ६० मिनेट बन्द भएको थियाे ।

आज कुल १४८ कम्पनीको सेयर मूल्य बढ्यो । ८७ कम्पनीको सेयर मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा बढी जीवन बिमा उपसमुह ५१९.२७ अकंले बढ्यो । नीर्जिवन बिमा ३४५.४६ अंक, विकास बैंक २४५.९२, बैंक १४१.७६ र उत्पादन तथा प्रशोधन १३४.७१ अंकले बढ्यो । लघुवित्त उपमसुह १०.०६ अंकले घट्यो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंकसहित १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३५ प्रतिशतले घट्यो ।

कारोबार रकमको आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन रिइन्स्यारेन्स अघि रह्यो । कुमारी बैंकको ३६ करोड १० लाख रुपैयाँको कारोबार भयो । एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित : श्रावण १३, २०८१ १५:१४
×