कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

महोत्तरीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

भाद्र २३, २०८१
महोत्तरीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनुषा — महोत्तरीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।  गौशाला नगरपालिका- ३ इँटाटारमा टयाक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोको-९ वर्षीया छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

साइकलमा विद्यालय जाँदै गरेकी बालिकाको दुर्घटनामा मृत्यु भएको हो । बालिका स्थानीय श्री जनता आधारभूत विद्यालय इँटाटारमा कक्षा ३ अध्ययनरत थिए ।

आइतबार बिहान साइकलमा चढी विद्यालयतर्फ आइरहेको समयमा बालिकाको मृत्यु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु साहले बताए ।

दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । ट्याक्टर चालक फरार रहेको र शवको पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

प्रकाशित : भाद्र २३, २०८१ १२:४७
×