कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

जाजरकोटमा पहिरोले घर पुरियो : श्रीमान्-श्रीमती बेपत्ता 

भाद्र २३, २०८१

जाजरकोट — जाजरकोटमा गए राति  पहिरोमा पुरिएर श्रीमान्–श्रीमती बेपत्ता भएका छन् भने एक बालिका  गम्भीर घाइते भएकी छन् । बारेकोट गाउँपालिका वडा नम्बर– ६ धुमा गाउँमा आइतबार बिहान २ बजे  गएको पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ  ।

जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख दलबहादुर सिंहका अनुसार बारेकोट–६ पल्लो धुमा गाँउमा विहान २ बजे घर पुरिँदा मानबहादुर चलाउने र वडा नम्बर–६ की महिला वडा सदस्यसमेत रहेकी श्रीमती मायादेवी चलाउन बेपत्ता भएका छन् ।

चलाउनेकी छोरीको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम पाण्डेले सेपुखोला, नायकवाडा र रामीडाँडाबाट घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरे पनिसञ्चार सम्पर्क हुन नसक्दा यकिन विवरण प्राप्त गर्न नसकिएको बताए ।

प्रकाशित : भाद्र २३, २०८१ ०८:३४
×