कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

सम्हालियो सेयर बजार, विस्तारै उकालो लाग्दै

श्रावण १३, २०८१
सम्हालियो सेयर बजार, विस्तारै उकालो लाग्दै

काठमाडौँ — उच्च अंकले बढेर दुई पटक सर्किट ब्रेकरमार्फत ६०  मिनेट बन्द भएको बजार अहिले सम्हालिँदै अघि बढेको छ । अहिले नेप्सेको वृद्धिदर घटेको छ भने १२:२५ बजेसम्म परिसूचक करिब ९० अंकले बढिसकेको छ । यो करिब ३.५० प्रतिशतको मात्र वृद्धि हो ।  

सेयर कारोबार मापक नेप्से परिसूचकमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो ।

त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बन्द गरिएको हो । अहिलेसम्म नेप्से परिसूचक २ हजार ६ सय ५७ विन्दुमा पुगेको छ ।

नेपाल राष्ट बैंकले गत शुक्रबार जारी गरेको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि लाग्दै आएको सेयर कर्जामा २० करोडको सीमा हटाएपछि बजार उत्साहित बनेको हो । अब ४० मिनेटपछि खुलेको सेयर खुला भएको छ भने नेप्से परिसूचक संयमित रूपमा अघि बढिरहेको छ ।

प्रकाशित : श्रावण १३, २०८१ १२:३२
×