कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कर्णाली प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

भाद्र २३, २०८१
कर्णाली प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थानको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । आज हुने भनिएको दीक्षान्त समारोह प्राविधिक कारणवश स्थगित गर्नु परेको प्रतिष्ठानले जनाएको छ । 

दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेल आउने भनिएको थियो । प्रतिष्ठान रजिस्ट्रारको कार्यालयले सूचना प्रकाशित गर्दै दीक्षान्त समारोह तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम स्थगित भएको जनाएको छ ।

आगामी कात्तिक २८ गते का लागि दीक्षान्त समारोहको लागि मिति निर्धारण गरिएको हो । आज आँखा उपचार केन्द्रको उद्‍घाटन,र विश्व स्वास्थ्य संगठनबाट प्राप्त ईएमआर सिस्टम हस्तान्तरण कार्यक्रम हुने समेत जानकारी गराइएको छ । दीक्षान्त समारोहका लागि जिल्ला स्थित सांसदहरू,स्वास्थ्य सचिवलगायतको टोली जुम्ला आइपुगिसकेको थियो । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्राविधिक कारणवश दीक्षान्त समारोह रोक्नु परेको बताएका छन् ।

आँखा उपचार केन्द्रको उद्घाटनको लागि नेत्र विशेषज्ञ डा. सन्दुक रुइत भने जुम्ला आइसकेका छन् ।


प्रकाशित : भाद्र २३, २०८१ ०९:३६
×