डीआईजी कार्कीको शब्दमा रहेको नेपाल प्रहरीसम्बन्धी गीत सार्वजनिक

भाद्र २३, २०८१

कान्तिपुर संवाददाता

A song about Nepal Police in the words of DIG Karki is released

काठमाडौँ — नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीको शब्द रहेको गीत सार्वजनिक भएको छ । नेपाली प्रहरीको सम्बन्धमा रहेको ‘फूलको बासना सरी’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी कार्कीको गीत अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकले सार्वजनिक गरेका हुन् । गीतमा नेपाल प्रहरीले निर्वाह गरिरहेको सेवा र कर्तव्यको सन्देश समेटिएको छ ।

डीआईजी कार्कीको शब्द रहेको गीतमा राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ । गीतमा दीपक शर्माको संगीत रहेको छ भने रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत र विनिशा पौडेलले गीतको भिडियोमा अभिनय रहेको छ । गीतको भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका छन् । 

जस्तोसुकै प्रतिकूल अवस्था र घाम, पानी, जाडो नभनी कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीको अव्यक्त भावना गीतमार्फत बोलिएको डीआईजी कार्कीले बताएका छन् । 

गीत नेपाल प्रहरीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

कान्तिपुर

Link copied successfully