कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

एक व्यक्तिले दुई वटा लुघवित्तबाट ऋण लिन पाउने

श्रावण १३, २०८१
एक व्यक्तिले दुई वटा लुघवित्तबाट ऋण लिन पाउने

काठमाडौँ — अब लघुवित्तका ऋणी (ग्राहक)ले बढीमा दुई वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था थियो ।  

‘बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।’

यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकीन गर्नुपर्ने व्यवस्था छ ।

लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि कुनै किसिमको अपमानजनक एवं कठोर विधि अपनाउन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

प्रकाशित : श्रावण १३, २०८१ १९:३९
×