कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

'झाडाबान्ता'का कारण नरैनापुरमा १ जनाको मृत्यु

भाद्र २३, २०८१

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा 'झाडाबान्ता' एक जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका-६ गंगापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको उपचारका क्रममा मृत्यु भएको हो ।

पासीलाई १८ गते राती बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गरिएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

केही दिनअघि नरैनापुर-३ गेग्ली गाउँमा 'झाडाबान्ता'बाट ४ जनाको मृत्यु भएको थियो । यस्तै जानकी गाउँपालिका पाँच बेलहरीका ३४ वर्षीय एक पुरुषको पनि 'झाडाबान्ता'बाट मृत्यु भएको छ ।

प्रकाशित : भाद्र २३, २०८१ १०:०४
×