कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घट्यो

भाद्र २३, २०८१
सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौँ — नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ५२ हजार १ सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७सय ५० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : भाद्र २३, २०८१ ११:३८
×