कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार रोकियो 

श्रावण १३, २०८१
नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार रोकियो 

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो । 

त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बन्द गरिएको हो । अहिलेसम्म नेप्से परिसूचक १ सय २९.०७ अंकले बढेर २ हजार ६ सय ९७ विन्दुमा पुगेको छ ।

नेपाल राष्ट बैंकले गत शुक्रबार जारी गरेको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि लाग्दै आएको सेयर कर्जामा २० करोडको सीमा हटाएपछि बजार उत्साहित बनेको हो ।

अब ४० मिनेटपछि सेयर कारोबार खुला हुनेछ । त्यसपछि नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार बन्द गरिने छ ।

प्रकाशित : श्रावण १३, २०८१ ११:३३
×